मेयरमा–गिरी, उपप्रमुखमा–रिजाल

951
views

निर्मल पौडेल
पर्वत, ११ बैशाख । नेकपा माओवादी केन्द्र कुश्मा नगरसमितिले मेयरमा शंकर गिरी र उपमेयरमा तारादेवी रिजाल शर्मालाई सर्वसहमतिको निर्णय गरेको छ । विद्यार्थी राजनीतिमा स्थापित गिरी माओवादी केन्द्रका केन्द्रिय सदस्य हुन । उनी अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पस हुँदै पर्वतको अध्यक्ष र केन्द्रिय सचिवालय सदस्य समेत रहेका छन् । ब्यवस्थापनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । यस्तै उपमेयर पदकी उम्मेदवार तारादेवी रिजाल शर्माले हरेक लैङगीक हिंसा विरोधी अभियानको नेतृत्व गदैृ आएकी उम्मेदवार हुन । उनले समाज परिवर्तन र नगरपालिकाको विकासका लागि आफ्नो उम्मेदवारी अपरीहार्य रहेको बताईन् ।