सवारी चेकिङः १८ वटा मोटरसाईकल र स्कुटी ट्राफिक कारवाहीमा

814
views

काठमाडौं १ फागुन । मंगलबार पर्वतमा १८ वटा मोटर साईकल र स्कुटीका चालकहरु कार्वाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतको आकस्मिक सयुक्त ट्राफिक चेकजांचको क्रममा कागजात तथा सवारी अनुमति पत्र विना सवारी चलाएका कारण १८ वटा मोटरसाईकल तथा स्कुटीलाई नियन्त्रणमा लिई कारवाही गरिएको हो ।

कुश्मा नगरपालिकाका विभिन्न स्थान तथा मिलनचोक, देउपुर डिमुवामा समेत चाडपर्वलाई मध्य नजर गरी आकस्मिक चेंकचांज गरिएको थियो । जसमा २ वटा सरकारी कार्यालयको सवारी समेत रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।