लेखापरीक्षण नै गराउँदैन सरकारी निकाय

660
views

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डलाई उच्च निगरानीमा राखेको छ । पशुपति क्षेत्र विकास कोष र नेपाल पर्यटन बोर्डले तीन वर्षमा गरेको अर्बौं कारोबारको लेखापरीक्षण गराउन लगातार आनाकानी गरेपछि महालेखा परीक्षकको कार्यालयले यी दुवै निकायलाई उच्च निगरानीमा राखेको हो ।

महालेखा परीक्षकको कार्यालयका अनुसार पशुपति क्षेत्र विकास कोषको आर्थिक वर्ष ०७१र७२ देखि ०७३र७४ सम्मको तीन वर्षको अवधिमा मात्रै झन्डै ६ अर्ब कारोबार भएको थियो भने नेपाल पर्यटन बोर्डले पनि गत तीन वर्षको अवधिमा झन्डै साढे चार अर्बको कारोबार गरेको छ ।

महालेखा परीक्षक कार्यालयले यी दुवै निकायलाई पटक९पटक लेखापरीक्षण गराउन ताकेता गरे पनि दुवै निकायले बेवास्ता गर्दै आएपछि दुवै निकायलाई उच्च निगरानीमा राखी अन्तिम पटक ताकेता गरेको छ ।

महालेखाले दुवै निकायबाट त्यस अवधिमा गरिएको झन्डै साढे १० अर्बको कारोबार शंकास्पद देखिएको बताएको छ ।

महालेखा परीक्षक टंकमणि शर्माले दुवै निकायलाई लेखापरीक्षण गराउन पटक९पटक ताकेता गर्दा पनि अटेरी र बेवास्ता गरेकाले दुवै निकायको कारोबार शंकास्पद देखिएको बताए ।

‘विभिन्न बहाना देखाएर उनीहरूले लेखापरीक्षण गर्न अटेरी गर्दै आएकाले शंका उत्पन्न भएको हो’, शर्माले अन्नपूर्णसँग भने ।

महालेखाले दुवै निकायलाई फागुनसम्म हालसम्मको सम्पूर्ण कारोबारको लेखापरीक्षण सम्पन्न गर्न अल्टिमेटम दिँदै पत्र पठाएको छ । ‘दुवै निकायलाई अन्तिम पटक फागुनसम्म समय दिएका छौं, यो अवधिमा लेखापरीक्षण नगरिए सबै खर्च दुवै निकायका जिम्मेवार पदाधिकारीले व्यहोर्ने गरी महालेखाले आवश्यक निर्णय गर्नेछ’, महालेखा परीक्षक शर्माले भने ।

महालेखा परीक्षकको कार्यालयले आफ्ना लेखापरीक्षकलाई साउनदेखि नै पशुपति क्षेत्र विकास कोष र पर्यटन बोर्डमा लेखापरीक्षणका लागि खटाउँदै आए पनि दुवै निकायको असहयोगका कारण लेखापरीक्षकले लेखापरीक्षण गर्न पाएका छैनन् । दुवै निकायले विभिन्न बहाना बनाउँदै लेखापरीक्षकलाई फर्काउँदै आएपछि महालेखा परीक्षक कार्यालय आक्रोशित बनेको हो ।अन्नपूर्णपोष्टबाट