सर्वोच्चको आदेशले सिलवाल थुनामुक्त

613
views

काठमाडौं ११, बैशाख । सर्वोच्च अदालतले डीआइजी नवराज सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले डीआइजी सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो ।
आफूलाई गैरकानुनीरुपमा पक्राउ गरिएको भन्दै सिलवालले सर्वोच्च अदालतमा सोमबार बन्दी प्रत्यक्षीकरणको रिट दायर गर्नु भएको थियो । डिआइजी सिलवालका तर्फबाट अधिवक्ता पूर्णप्रसाद राजवंशीले अदालतमा रिट दायर गर्नुभएको थियो ।
उक्त रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश कार्कीले अधिवक्ता शम्भु थापाको हाजिरी जमानी र सर्वोच्चका रिजिष्टार नृपध्वज निरौलाको रोहबरमा सिलवाललाई थुनामुक्त गर्न आदेश दिनु भएको हो ।
‘अदालतमा विचाराधीन रहेको निवेदनमा एक पक्षले अर्को पक्षलाई पक्राउ गरी बन्दी बनाउँदा उक्त विचाराधीन निवेदनको सुनुवाइमा प्रत्यक्ष रुपमा प्रभाव पर्ने विषयबस्तुको गाम्भीर्यतालाई समेत विचार गरी पछि ठहरे बमोजिम हुने गरी’ भन्दै सर्वोच्चले अधिवक्ता थापाको हाजिरी जमानीमा छोड्न आदेश दिएको हो।
सर्वाेच्चमा वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल र तुलसी भट्ट तथा अधिवक्ताहरु टिकाराम भट्टराई, मेघराज पोखरेल, हरि फुयाल लगायतले डीआइजी सिलवालको पक्षमा बहस गर्नु भएको थियो ।