म्यान्चेस्टरसँग सिटसँग एफसी बाजको हार

926
views

काठमाडौं २ फागुन । युरोपियन च्याम्पियन्स लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटीसँग एफसी बाज ४–० ले हारेको छ ।

स्वीस क्लव बाजलको मैदानमा भएको प्रिक्वाटरफाइनल पहिलो लेगको खेलमा इङ्लिस क्लब म्यान सिटीलाई विजयी गराउन ईके गुण्डोगानले दुई गोल गरे भने सर्जियो अगुएरो र बर्नार्डो सिल्भाले एक–एक गोल गरेका थिए ।

च्याम्पियन्स लिग प्रिक्वाटरफाइनलकै अर्को खेलमा ईटालीको युभेन्टस र इङ्ल्यान्डको टोटनह्याम हट्सपरले २–२ गोलको बराबरी खेलेका छन् ।

ईटालीको टुरिनमा भएको खेलमा घरेलु टोली युभेन्टसका गोन्जालो हिगुवानले सुरुवाती ९ मिनेटभित्र २ गोल गरे । तर पाहुना टोली टोटनह्यामका ह्यारी केन र क्रिश्चियन एरिक्सनले एक–एक गोल गर्दै खेल बराबरी गरेका हुन् ।

युरोपियन च्याम्पियिन्स लिग फुटबलको आज राति हुने खेलमा पोर्चुगलको एफ.सी पोर्टो र इङ्ल्यान्डको लिभरपुल तथा स्पेनको रियाल मड्रिड र फ्रान्सको पेरिस सेन्ट जर्मेन पि.एस.जी भिड्नेछन् ।