‘भ्यालेन्टाइन्स’ डे तथा रातो टिसर्ट !

897
views

-कथा-
सरिस्मा बराल (उमा)
कान्छी उसलाई भ्यालेनटाइन डे  (valentines day) भन्ने के हो ? थाहा थिएन, कान्छीको सानै उमेरमा सुगम ठाउँमा बिबाह भएपनि न उसको कुनै प्रेमी थियो न उसको श्रीमानले कुनै ‘डे’ भनि माया गरेको सम्झना नै छ । त्यो कलिलो उमेरमा अहिलेको जस्तो डे अथवा बर्षगाँठहरु मनाउने प्रचलन भएको भए सायद कान्छीले बर्षमा एक दिन माया पाउथिन् होला ।

समयको गतिशिलता तथा घरायसी जीवनसँगै कान्छीको जीवनमा दुई मुनाको आगमनले केही हदसम्म मल्हम लगाउने काम गरेको थियो । घरको तिब्र खस्कदै गएको आर्थिक अभाव, ति दुई मुनाको भविश्य, घरेलु हिंसा र श्रीमानको गैरजिम्मेवारपनले आजित कान्छी आफ्ना मुनाहरुको उज्वल भविश्यको लागि शहर हानिन्छे । शहर पसे लगतै रेडियोमा बैदेशिक समाचारको बिज्ञापन सुनेर बैदेशीक रोजगार लैजाने मेनपावर तथा शहरी जीवन बिताइरहेका शुशील ब्यक्तित्वहरुसँग भेट हुन् पुग्छिन र बैदेशीक रोजगारमा होमीने सुर कस्छिन कान्छी ।

बैदेशीक रोजगारमा लैजाने मेनपावरका ढोका घच्घचाउँदा केही शहरी जीवनसंग नजिक भएका साथीभाइसंग भेट हुन पुग्छ र विदेश बसेर शहरमा घर हुनेले र पढ्न शहरमा बस्ने अधिकांस विद्याथीले प्रणय दिवस (valentines day) मनाउदा रहेछन । कान्छीले पनि त्यहाँ आएसी थाहा पाइन् यस्तो दिन पनि हुदो रहेछ । अनि त्यहँका साथीहरुसंग सोधिनं यो कस्तो चाड हो ? अनि के गर्ने हो यो दिन मा ? मेरो सामु प्रश्न थियो । मेरो साथीले भनि आफुलाई कसैले माया सहयोग गरेको मान्छे छ भने सम्झेर आज उपहार दिनुपर्छ । अनि झन् माया सहयोग बढ्छ । मत गाउँकी सोझी मान्छे प्रेमीलाइ नै दिने भन्ने बुझिन । अनि गाऊँ घरमा पनि घरका आटी छाप्दा होस् या दुर्घटना हुँदा सहयोग गरेको सम्झे र शहर बसाइमा पनि केही सहयोगी आफ्नै गाउँ घरका जस्तै भेटेकी थिएँ । सहयोगको भावना बढ्ने उद्वेश्य बोकी यौटा टिसर्ट, रातो गन्जी, पसलबाट किनेर बोकी गएँ ।

गाउघरकै भएपनि पढाई लेखाई अनि शहरको जागिरे जीवन भएका…..उनीलाई भने प्रणय दिवसको बारेमा राम्रोसंग थाहा रहेछ साथीलाई संगै लिएर कतै खाजा खाने ठाउमा भेट्ने प्लान बन्यो । आज सम्म जीवनमा कसैलाई केही उपहार नदिएकी कान्छी लाजले भुतुक्क थिइन् । भेट भयो संगै गएको साथीले उपहार दिन आँखाको इसारा गरी । तर कान्छी उपहार दिनलाई उठ्नै सकिनन् !

किनकि मेरो मनमा यस कुराको कौतुहलता थियो । नत यो मेरो संस्कारमा थियो न त कोहीबाट परिवारमा यस्तो चाड मनाइएको थियो । यसबारेमा सुनेकी अथवा सिकेकी समेत थिईन । अनि साथीले नै मुख फोरेर गिफ्ट ल्याएको कुरा गरेपछि सहयोगी साथी पनि अप्ठ्यारो मानेर गिफ्ट लिन तयार हुनुभयो । शहरीया साथीलाई थाहा रहेछ । त्यसपछि कान्छिलाई थाहा भो कि त्यो दिनको उपहार प्रेमी र प्रेमिका बीच चल्ने चलन रहेछ भन्ने कुरा । किन कि हामी बीच प्रेम थियो तर हामी प्रेमी र प्रेमिका थिएनौ अहिले पनि जब जब प्रणय दिवस झाँगिदै जान्छ आज भन्दा ११ बर्ष अघिको त्यो दिन र त्यो रातो टिसर्टले कान्छीलाई खिज्याई रहन्छ । अहिलेको कान्छी र त्यो बेला उपहार दिने कान्छीले नबुझेको प्रणय दिवसको आगमन सगै रातो टिसर्ट सम्झीरहन्छ । हाल इजरायल ।