राष्ट्रकवि घिमिरेलाई सहायक रथी दर्ज्यानी चिन्ह प्रदान

2481
views

काठमाण्डौ, ३ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच राष्ट्रकवि माधव प्रसाद घिमिरेलाई नेपाली सेनाको मानार्थ सहायक रथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

राष्ट्रिय गीत, नेपाली भाषा र साहित्यको विविध विधामा पु¥याउनु भएको योगदानको कदर स्वरुप राष्ट्रकवि घिमिरेलाई नेपाल सरकार मन्त्रिपरिषद्को २०७४ माघ २६ गतेको बैठकले नेपाली सेनाको मानार्थ सहायक रथी दर्जा प्रदान गर्ने निर्णय गरेको थियो ।