सात नम्बर प्रदेशको मुख्यमन्त्रीमा माओवादीका त्रिलोचन भट्ट

524
views

धनगढी, ३ फागुन । प्रदेश नम्बर ७ को मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रको तर्फबाट नेता त्रिलोचन भट्ट नियुक्त भएका छन् ।

बिहीबार प्रदेशन नम्बर ७ का प्रेश प्रमुख मोहनराज मल्लले भट्टलाई मुख्य मन्त्रीमा नियुक्त गरेका हुन् । भट्ट माओवादी केन्द्र ७ नम्बर प्रदेशका संदीय दलको नेतामा चयन भएका थिए । डोटीबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित सांसद भट्ट वाम गठबन्धका तर्फबाट मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

एमाले र माओवादीका बहुमत प्रदेशसभा सदस्यको समर्थनमा बुधबार प्रदेश प्रमुखसमक्ष भट्टले आफूलाई मुख्य मन्त्रीमा नियुक्त गर्न दाबी पेश गरेका थिए । भट्टले यही फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिने प्रदेशप्रमुखको कार्यालयले जनाएको छ ।