संसदीय दलको नेतामा प्रचण्ड चयन

670
views

काठमाण्डौ, ६, फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सो पार्टीको संसदीय दलको नेतामा चयन भएका छन् ।

नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नै चयन गरेको हो । पार्टी प्रवक्ता पम्फा भुसालले माओवादी केन्द्र संसदीय दलको आज बसेको बैठकले पार्टी अध्यक्षलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको बताइन् ।

बैठकले एमाले र माओवादी केन्द्रबीचको वार्ता र सहमतिबाट टुंगाउन पहल गर्ने निर्णय गरेको छ । पार्टी एकता टुंगिएपछि मात्र सरकारमा कसको नेतृत्वमा पठाउने बारे छलफल हुने उनले बताइन् ।

यसैबीच एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच आज हुने छलफल करिव निचोडमा पुग्ने उनको भनाई थियो । सो अवसरमा प्रचण्डले एमालेसँगको एकताबारे चर्चा गरेका थिए । एकताको बैठक आज बस्ने भएको छ । पार्टीले समानुपातिकबाट निर्वा्चित सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।