म्यान्चेस्टर सिटीलाई हराउँदै विगान एथ्लेटिक क्वाटरफाइनलमा

731
views

काठमाडौं, ८ फागुन । म्यान्चेस्टर सिटीलाई हराउँदै विगान एथ्लेटिक ‘एफए कप फुटबल’को क्वाटरफाइनलमा पुगेको छ । गएराति भएको पाँचौं चरणको खेलमा प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यान्चेस्टर सिटीलाई च्याम्पियनसिप क्लब विगानले १–० ले हराएको हो ।

खेलमा विगान एथ्लेटिकलाई विजयी गराउन विल ग्रीगले ७९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । पहिलो हाफको अन्तिम मिनेटमा म्यान्चेस्टर सिटीका फाबियन डेल्फले रातो कार्ड खाएपछि टोली १० जनामा समेटिएको थियो । यसैको फाइदा उठाउँदै विगानले सनसनीपूर्ण जित निकालेको हो ।

हारसँगै म्यान्चेस्टर सिटीको जारी सिजनमा चार उपाधि जित्ने सपना टुटेको छ । सिजनको पहिलो उपाधिका लागि सिटीले यही आइतबार वेम्बले रंगशालामा आर्सनलसँग लिग कप फुटबलको फाइनल खेल्दैछ ।