खानेपानीमा रगत

653
views

बनेपा । बनेपा नगरपालिकाको दक्षु टोलमा खानेपानीको धाराबाट रगत आउने गरेको छ ।
खानेपानीको धाराबाट पशुको रगत आउन थालेपछि स्थानीय अचम्ममा परेका छन् । ‘खानेपानीको पाइपमा ढल मिसिँदा बधशालाबाट फालिएको रगत, लादी र दिसापिसाब खानेपानीको धारामा पुग्ने गरेको छ,’ बनेपा –८ कि भक्तिमाया शाही भन्छिन्,‘खानेपानीको इन्टेकमा ढल पसेको महिनौ , बितिसक्यो नगरपालिका मौन छ ।’
व्यावस्थित बधशाला नहुँदा शाही टोलबाट आएको ढल खानेपानीको पाइप एकै ठाउँबाट राखिएकाले रग आएको स्थानीय को गुनासो छ ।
हजारौं नगरबासीले दैनिक बनेपा नगरपालिका ८ र ९ नं वडाको सिमानामा यस्तो भएको पटक पटक जानकारी गराउँदा पनि वेवास्ता गरेको भन्दै नगरबासी खानेपानीमा रगत मिसिएको पानीसहित नगरपालिकामा ‘डेलिगेसन’दिन आएका थिए । आजको अन्नपूर्ण दैनिकबाट