नागढुंगादेखि धुलिखेलसम्मको मेट्रोरेलका लागि खुला प्रतिस्पर्धा

669
views

काठमाडौं । लगानी बोर्डले काठमाडौंको नागढुंगादेखि काभ्रेको धुलिखेल जोड्ने मेट्रोरेल परियोजनाको विस्तृत सम्भाव्याता अध्ययनका लागि विश्वव्यापी खुला प्रतिस्पर्धा गर्ने प्रक्रिया अघि बढाएको छ ।
बेर्डले विश्वव्यापी रुपमा खुला प्रतिस्पर्धामार्फत सम्भाव्यता अध्ययन अघि बढाएर निर्माण गर्ने उदेश्यसहित टेण्डर डकुमेन्ट तयार गरी प्रक्रिया अघि बढाएको हो । राष्ट्रिय योजना आयोगका पूर्वाधार हेर्ने तत्कालीन सदस्य संयोजक रहेको समितिले मेट्रोरेलबारे प्रतिवेदन तयार गरेकोमा कात्तिक अन्तिम साता बसको बोर्ड बैठकले अघि बढाउने निर्णय गरेको थियो । स्वीकृति प्रतिवेदन अनुसार परियोजना अघि बढाउनका लागि लगानी बोर्डले प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीको संयोजकत्वमा अर्थ मन्त्रालयका सहसचिव हरिप्रसाद बस्या, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसतिव केशव शर्मा, रेल विभागका महानिर्देशक अनन्त आचार्य, लगानी बोर्डका सहसचिव द्धय मधु भेटवाल र उत्तम वाग्लेका साथै बोर्डकै सिनियर डिभिजनल इन्जिनियर सुनिल पौडेल सदस्य–सचिव रहको समिति समेत गठन गरिएको छ । आजको कारोबार दैनिकबाट