भारतमा एघार भारतीय सैनिकको मृत्यु

625
views

सिन्ह्वा, १२ बैशाख । नयाँ दिल्ली, भारत । भारतको मध्य छत्तिसगढ राज्यमा वामपन्थी नक्सालवादी विद्रोहीद्वारा सोमबार गराइएको धराप विस्फोटमा परी कम्तीमा ११ सैनिकको मृत्यु भएको यहाँको वरिष्ठ प्रहरी अधिकारीले बताएका छन् । घटनामा परी सात सैनिक घाइते भएका छन् ।
सेन्ट्रल रिजर्ब सेकुरिटी फोर्सका ११ सैनिक जवानले धराप विस्फोटमा साहदत प्राप्त गरेका छन् भने सात जना घाइते भएका छन् । छत्तिसगढ राज्यको सुक्मा जिल्लाका अतिरिक्त प्रहरी प्रमुख जितेन्द्र शुक्लाले सञ्चारमाध्यमलाई बताउनुभयो ।
उहाँका अनुसार बुर्का पाल गाउँ नजिकै गस्तीमा रहेको सैनिक समूहलाई लक्षित गरी विस्फोट गराइएको थियो । सेनाको उक्त समूह स्थानीय गाउँमा भइरहेको सडक निर्माण कार्यमा सघाउन त्यहाँ पुगेको थियो ।
घटनामा घाइते सबैलाई हेलिकोप्टरबाट उपचारका लागि नजिकैको अस्पतालमा पु¥याइएको थियो ।