रियाल मड्रिड विजयी, लेगानेज पराजित

1058
views

काठमाण्डौ, १० फागुन । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३–१ ले हराएको छ । काठमाडौं, फागुन १० । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले लेगानेजलाई ३–१ ले हराएको छ ।

लेगानेजको मैदानमा गएराति भएको खेलको छैटौं मिनेटमा बुस्टिन्जाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । तर ११ औं मिनेटमा लुकास भाज्क्वेजले गोल गर्दै खेल बराबरीमा र्पुयाए ।

२९ औं मिनेटमा कासामेरोले गोल गरेपछि रियालले पहिलो हाफमा २–१ को अग्रता लियो । दोस्रो हाफमा पाएको पेनाल्टीलाई गोलमा बदल्दै सर्जियो रामोसले रियाललाई ३–१ ले विजयी गराएका हुन् । जितसँगै रियालले तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दुरी १४ अंकमा सिमित गरेको छ ।

२४ खेलबाट रियाल मड्रिडको ४८ अंक छ भने दोस्रो स्थानको एथ्लेटिको मड्रिडको ५५ तथा शीर्ष स्थानको बार्सिलोनाको ६२ अंक छ ।