कलाकार राजेन्द्र खड्की जेल चलान

1079
views

काठमाण्डौ, २० फागुन । मानव तस्करीको अभियोगमा पक्राउ परेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंले खड्गीलाई कारागार चलानको अनुमति दिएको हो ।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो ।

कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो । खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो । खड्गीलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ ।

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका थिए । अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीले बयानमा भनेका थिए ।