नेपाललाई चौथो सफलताः डेब्यू खेलमा ललितले लिए चौथो विकेट

415
views

काठमाण्डौ, २० फागुन । काठमाडौँः आईसीसी विश्वकप क्रिकेट छनोट खेल अन्तरगत आयोजक जिम्बाब्वेविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ३० औं ओभरको पाचौं बलमा नेपालका लागिचौथो सफलता स्वरुप ललितनारायण राजवंशीले डेब्यू खेलमा विकेट लिएका हुन् ।

नेपालका लागि यसअघि बसन्त रेग्मीले दुई र सन्दीप लामिछानेले एक विकेट लिइसकेका छन् । अहिले ३३ ओभरको समाप्तिमा जेम्बाबेले चार विकेटको क्षतिमा २१३ रन बनाएर खेलिराखेको छ ।