म्यान्चेष्टरसँग चेल्सी र ब्राईटनसँग आर्सनल पराजित

666
views

काठमाण्डौ, २१, फागुन । इङ्गलिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले चेल्सीलाई १–० अन्तरले हराएको छ । गएराति म्यान्चेस्टर सिटीको मैदानमा भएको खेलमा घरेलु टोलीलाई विजयी गराउन बर्नार्डो सिल्भाले ४६ औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै म्यान्चेस्टर सिटीले अंक तालिकामा दोस्रो स्थानको लिभरपुलसँग १८ अंकको अग्रता लिएको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको अर्को खेलमा ब्राइटनले आर्सनललाई २–१ ले हराएको छ ।

खेलमा ब्राईटनलाई विजयी गराउन लेविस डंक र ग्लेन मेरेले एक–एक गोल गरे । आर्सनलका पिएरे एमरिक औबामायङ्गले एक गोल फर्काए ।

प्रिमियर लिग फुटबलमा आज राती म्यान्चेस्टर युनाईटेड र क्रिष्टल प्यालेस भिड्नेछन् । यो खेल जितेको खण्डमा म्यानचेस्टर युनाईटेड तालिकाको दोस्रो स्थानमा उक्लनेछ । २८ खेलबाट ५९ अंक जोडेको म्यान्चेस्टर युनाईटेड तालिकाको तेस्रो स्थानमा छ ।