पढाउन लगिएका ५५ बालबालिकालाई बनाइयो घरेलु कामदार

588
views

बाजुरा । शिक्षक र कर्मचारीले पढाईदिने भन्दै लगेका बाजुराको गौमुल गाउँपालिका –४ र ५ का १४ वर्षमुनिका ५५ बालबालिकालाई घरेलु काममा लगाईका छन् । पाँच बालबालिका फर्केर आएपछि घरेलु कामका लगाएको। खुलेको हो ।

जागिर खान बाजुरा आएका शिक्षक तथा कर्मचारीले पढाइदिने आश्वासन दिएर बालबालिकालाई आफुसँगै लग्ने गरेका छन् । गौमुल –५ का १४ शुरेस रोकायलाई ‘राम्रो काममा लगाउने गरेको थाहा भएको उनकी आमा झुमा रोकायले बाताइन् । ‘स्कुल त के लगाउँथे घरको काम गराउन लगेका रहेछन्’ झुमाले भनिन् ।
एक वर्ष अधि धनगढी लगिएका उनले स्कुल जान नपाएको बताए । ‘भाडाकुडा माझ्ने, खाना पकाउने, बजारबाट सामान किनेर ल्याउने काम गराउँथे’ भागेर घर फर्केका सुरेशले भने । आजको नयाँ पत्रिका दैनिकबाट