काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै

925
views

काठमाडौंँ, फागुन २३ गते । नेपाली काँग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बुधबार पार्टी कार्यालय, सानेपामा बस्ने भएको छ । बुधबार बस्ने बैठकमा समसामयिक राजनीति र राष्ट्रपतिका उम्मेदवारको विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा फागनु २९ गते हुने राष्ट्रपति निर्वाचनमा नेपाली काँँग्रेसको सम्भावित उम्मेदारबारे पनि छलफल हुने काँग्रेस नेताहरुले बताउनुभएको छ । सत्तापक्षले राष्ट्रपतिका लागि कसलाई अगाडि सार्छ सोही आधारमा काँग्रेसले आफ्नो तर्फको उम्मेदवार बनाउने योजना बनाएको छ ।

काँग्रेसले पार्टीका पुराना नेता मानबहादुर विश्वकर्मा वा सहिद पुत्री लक्ष्मी राईलाई पनि उम्मेद्वारको रुपमा अगाडि ल्याउन सक्ने समाचार स्रोतले जानकारी दिएको छ । बैठकले उपराष्ट्रपति र सभामुखको चयनबारे पनि छलफल गर्ने बताइएको छ ।