नेपालद्वारा अफगानिस्तानसामु १ सय ९५ रनको लक्ष्य

646
views

काठमाण्डौ, २६ फागुन ।विश्वकप क्रिकेट छनोटअन्तर्गत जारी खेलमा नेपालले अफगानिस्तानलाई १ सय ९५ रनको लक्ष्य दिएको छ। जिम्बावेस्थित बुलावायो स्पोर्टिङ क्लबमा टस जितेर ब्याटिङ रोजेको नेपालले ४९।५ ओभरमा ९ विकेट गुमाएर १ सय ९४ रन बनाएको हो ।

नेपालका लागि कप्तान पारस खड्काले ७५ रनको अर्धशतकीय पारी खेले । ८२ बलको सामना गर्दै पारसले १० चौका र १ छक्का प्रहार गरे ।

यस्तै, दीपेन्द्रसिंह ऐरीले ३२–४१ बल० रन जोड्दा ३ चौका र १ छक्का प्रहार गरे। आरिफ सेखसँगै ज्ञानेन्द्र मल्लले समान २३ रन जोडे। अनिलकुमार साह ७, सोमपाल कामी ९,रोहितकुमार पौडेल १ र करण केसी ६ रनमा आउट भए ।

अफगानिस्तानका मोहम्मद नाबीले ४ विकेट लिए । १० ओभर बलिङ गरेका नाबीले ३३ रनमात्रै खर्चे। यस्तै रासिद खानले ३ तथा सफुर जर्दानले २ र मुजिब युर रहमानले १ विकेट लिए । विश्वकप छनोटको सुपरसिक्समा स्थान बनाउँन नेपाललाई यो खेल जित्दै पर्ने अवस्था छ ।