विप्लवका तीन कार्यकर्ता पक्राउ

628
views

कैलालीस्थित घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको शंकाको आधारमा सोमबार राती नै प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले जिल्लाको सुखड क्षेत्रबाट नेकपा माओवादी विप्लव नेतृत्वको नेकपाका ३ जना कार्यकर्तालाई पक्राउ गरेको हो ।

उनिहरुलाई शंकाको आधारमा पक्राउ गरिएको र अनुसन्धान भइरहेको छ प्रहरीले जनाएको छ । अनुसन्धान कै चरणमा भएकोले प्रहरीले पक्राउ परेका ब्यक्तिहरुको नाम सार्बजनिक भने नगरेको बुझिएको छ ।