पर्वत उद्योग बाणिज्य संघको निर्वाचनमा दलिय प्यानल

1114
views

महेन्द्र जिसी
पर्वत, १ चैत । व्यापारी र व्यावसायीहरुको छाता संगठन भनेपनि विभिन्न बहानामा गैर व्यवसायीको हालीमुहाली हुदै आएको पर्वत उद्योग वाणिज्य संघको निर्वाचनका लागि दलिय प्यानलमा उमेदवारी दर्ता भएको छ ।

जिल्लाको उद्योग बाणिज्य र व्यापारीप्रति जिम्मेवार बन्न नसकीरहेको यस अघिको नेतृत्वका कारण व्यापारीहरुलाई संघको निर्वाचन उत्साही बन्न सकेको छैन । तर उमेदवारहरु भने आँफ्नो विजयको सुनिश्चत भन्दै प्रचारमा जुटीरहेका छन् ।

निर्वाचन नजिकीदै गर्दा देखिएको राजनीतिक हस्तक्षेप र पार्टीगत प्यानल बनाएर प्रचारमा दलहरु लागेपछि व्यापारीहरुमा खासै उत्साह देखिएको छैन् ।

उवासंघले विगतका बर्षमा कालोबजारीयालाई नै प्रश्रय दिएका घटना सार्वजनीक भईरहकाले व्यापारीहरुले व्यावसायीक हितभन्दा दलिय हितमा उेमदवार लागेको बताउँछन् । संघमा आउने नेतृत्वले कालो बजारीयालाई संरक्षण गर्ने र गैरव्यवसायीलाइ नै जिम्मेवारी सुम्पिनेगरी राजनीतिकरण भएका कारण व्यावसायिहरुमा निराशा पैदा भएको हो । संघको निर्वाचनमा अहीले पनि नेपाली काग्रेसको प्यानलबाट अध्यक्षमा लेखनाथ शर्मा र बाम गठबन्धन प्यानलबाट अध्यक्षमा केदारनाथ शर्माले उमेदवारी दर्ता गराएर प्रचार प्रसारमा लागेका हुन् ।

विगतका ग्यास काण्ड, महोत्सव काण्ड लगायतले आजित बनेका जिल्लाका व्यापारीहरुले आँफुहरु अनुकुलको नेतृत्व चयन गरीने बताएका छन । जनताबाट प्रति व्यक्ति २० का दलरले खाना पकाउने ग्यास कार्ड बनाएर नियोजित भ्रष्टचार गरीरहेका नेतृत्वका कारण साना व्यापारीहरुले अघिल्लो नेतृत्व असफल बताउँदै आउने नेतृत्व व्यावसायीक क्षेत्रको हुनु आवश्यक रहेको औल्याएका छन् ।

तीन तीन वर्षमा हुने महोत्सवको उपयोगिता नदेखाउने गरेको व्यापारीहरुको तर्क रहेको छ । आउँदो चैत्र ३ मा हुन लागेको उवासंघ पर्वतको अधिवेशनका लागि राजनीतिक विचार र आस्थाका आधारमा दुइ प्यानल तयार गरी मैदानमा होमिएका भएपनि व्यापारीहरुले व्यावसायीक साझा उमेदवार चयन गरीने बताएका छन ।

चूनावी मैदानमा लोकतान्त्रीक समूहवाट लेखनाथ शर्माको अध्यक्षतामा २५ जना सदस्य सहित र केदारनाथ शर्माको अध्यक्षतामा वामगठवन्धनले २५ जना सदस्य सहित उम्मेदवारी दर्ता गरेर प्रचार प्रसारमा लागेका हुन ।