म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर सेमिफाइनलमा

932
views

काठमाडौँ, ४, चैत । म्यान्चेस्टर युनाईटेड र टोटनह्याम हट्सपर एफए कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा म्यान्चेस्टर युनाईटेडले ब्राईटनलाई २–० ले हरायो ।

खेलमा म्यान्चेस्टर युनाईटेडलाई विजयी गराउन रोमेलु लुकाकु र नेमान्जा माटिचले एकरएक गोल गरे । गएरातिको खेलसँगै म्यान्चेस्टर युनाईटेडले जारी सिजनको एफ.ए कपमा अहिलेसम्म एक गोल पनि नखाएको कीर्तिमान जारी राखेको छ ।

एफए कप फुटबलकै अर्को खेलमा स्वान्सी सिटीलाई ३–० ले हराउँदै टोटनह्याम हट्सपर पनि सेमिफाइनलमा पुगेको छ । खेलमा टोटनह्यामलाई विजयी गराउन क्रिश्चियन एरिक्सनले दुई गोल गर्दा एरिक लामेलाले अर्को एक गोल थपे ।

एफए कप फुटबलमा क्वाटरफाइनलका बाँकी दुई खेल आज राति हुनेछन् । आज राति लेष्टर सिटीले चेल्सीसँग खेल्दा विगान एथ्लेटिक र साउथह्याम्पटन भिड्नेछन् ।