यस्तो छ तरुण दलको सातवटै प्रदेशमा भेला गर्ने तयारी

422
views

काठमाडौँ, ४, चैत । नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दलले सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने तयारीमा जुटेको छ । तरुणले ‘सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सबै प्रदेशमा प्रदेशस्तरीय भेला गर्न लागेको हो ।

दलका महासचिव भूपेन्द्रजंग शाहीले तरुण दलको केन्द्रीय समितिको आयोजनामा सातै प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए ।

तरुणदलले प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा हुने जनाइएको छ ।