रोनाल्डोले पुरा गरे ५० औं ह्याट्रिक

564
views

काठमाण्डौ, ५ चैत । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले खेल जीवनमै ५० औं ह्याट्रिक पुरा गरेका छन् । गएराति रियल मड्रिड र गिरोनाबीचको खेलमा रियल मड्रिडका तर्फबाट ह्याट्रिक गर्दै रोनाल्डोले आफ्नो खेल जीवनको ५० औ ह्याट्रिक पूरा गरेका छन् । उनले चार गोल गरे । खेलमा रियल मड्रिडले गिरोनालाई ६÷३ ले पराजित गरेको छ ।