ओली सरकारले लोकतन्त्र विस्थापित गर्न लागेको भट्टराईको आरोप

443
views

काठमाण्डौ,५ चैत । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले ओली सरकार लोकतन्त्रलाई विस्थापित गर्न लागि परेको आरोप लगाएका छन् । नव निर्वाचित नेपाल शिक्षक संघका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै भट्टराईले यस्तो आरोप लगाएका हुन ।

उनले भने,‘लोकतन्त्र कम्जोर बनाउने खेल शुरु भएको छ, ओली सरकारले संविधानमाथि प्रहार गर्न शूरु गरेको छ, यो कार्यले लोकतन्त्र फष्टाउदैन, कम्जोर बन्छ, हाम्रो पार्टी नेपाली कांग्रेसले यसका बारेमा गम्भिर रुपमा सोच्नुपर्छ, पछिल्लो समयमा न्याय परिषदका सचिवहरुले सर्वोच्च अदालतका प्रधान्याधीशलाई हटाउने काम भएको छ, यसरी संवैधानिक निकायमाथि प्रहार गरिनुको उद्देश्य के हो ?

शिक्षक संघको काँधमा चुनौतिको भारि आएको बताउदै नेता भट्टराईले अघि थपे,‘यो सरकारले जनताको भन्दा आफ्ना कार्यकर्ताको चिन्ता गरेको पाईन्छ, कसरी आफ्ना कार्यकर्ताको भरण पोषण गर्ने भन्नेमा उद्धत देखिन्छ, लोकतन्त्र जनतन्त्रको लागि आवरणमा केही गरे जस्तो गर्ने तर भित्रि रुपमा कम्यूनिष्ट सरकारले आफ्न्तहरुलाई संरक्षण गर्ने, लोकतन्त्रलाई कम्जोर बनाउने खेल खेल्दैछ, यो कांग्रेसलाई स्वीकार्य हुँदैन, शिक्षक संघले पनि बैचारीक रुपमा सरकारका गलत प्रवृतिलाई खुलेर बिरोध गर्नु पर्छ ।

उनले भने,‘शिक्षक संघ कांग्रेस पार्टीको वैैचारिक तथा शिक्षित संगठन हो, यसले लोकतन्त्रको रक्षार्थ आफ्ना धारणा निरन्तर सार्वजनिक गर्नुपर्छ, यूवाहरुमा लोकतन्त्रीक मनोविज्ञान निमार्ण गर्न भूमिका खेल्नुपर्छ, चुनाव जित्नु भन्दा समाजका अपेक्षा पूरा गर्नको लागि धेरै चुनौतिहरु हुन्छन्, त्यसलाई चिर्नुपर्छ ।

कार्यक्रममा नेपाल तरुण दलका महासचिव भूपेन्द्रजंग शाहीले निर्वाचनमा पराजित भएको नेपाली कांग्रेसलाई पुनःजीवन दिनको लागि वैचारिक रुपमा शिक्षक संघको महत्वपूर्ण भूमिका रहनुपर्नेमा जोड दिएका छन् ।

उनले भने,‘शिक्षक संघ वैचारिक संगठन हो, हिजो दिनमा भएका कम्जोरीहरुलाई सच्याउदै अघि बढ्नुपर्छ, गुटहरुको समुल अन्त्य गदै सामुहिक नेतृत्वको आभास प्रदान गर्नुपर्छ, शैक्षिक मुद्धाहरुको बारेमा जोडतोडकासाथ लाग्नुपर्छ ।

कार्यक्रममा नेपाल शिक्षक संघका नव निर्वाचित अध्यक्ष राजेन्द्र पौडेलले कांग्रेस र नेपाल विद्यार्थी संघसँग नजिक रहेर आगामी दिनहरुमा शसक्त रुपमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा नेबिसघका पुर्ब केन्द्रिय अध्यक्ष प्रदीप पौडेल, केसब सिङ, रन्जित कर्न, विभिन्न जिल्लाका पार्टी सभापति लगायतको उपस्थिति रहेकोे थियो ।