बाख्रालाई सुुरक्षित प्रसुति सेवा, छिमेकी दंग

934
views

गुल्मी, ७ चैत । बाख्रालाई पनि मानिसलाई जस्तै सुरक्षित प्रसुति सेवा दिन थालिएको छ । गुल्मीमा पहिलो पटक गर्भवति बाख्राको सल्यक्रिया गरेर सुरक्षित प्रसुति सेवा प्रदान गरिएको हो । सत्यवती गाउँपालिका वडा नम्वर २ साविकको ठुलोलुम्पेक गाविसको चेहमी गाउँका रोमबहादुर कुवँरको घरमा पालिएको बाख्राले सामन्य रुपमा बच्चा जन्माउन नसकेपछि सोही गाउँपालिको पशु विकास शाखाका प्राविधिक नारायण खनालले सफल शल्यक्रिया गरी पाठापाठी निकालकेका हुन् ।

बाख्रालाई ९ दिन सम्म ब्याथा लागेको र स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि अरु कुनै विकल्प नदेखेपछि सो गाउँपालिकाको पशुपंक्षी विकास शाखामा बाख्रापालक किसान पुगेका थिए । शाखा प्रमुख खनालले बाख्राको जोखिम पुर्ण सल्यक्रियाको प्रयोग जिल्ला मै पहिलो पटक गरेर सफल भएका छन् र जुम्ल्या पाठा पाठी निकालेका छन् ।

शल्यक्रिया गरी निकालिएकै पाठापाठीको स्वास्थ्य अवस्था ठिक रहेको कुँवर परिवारले जनाएका छन् । बाख्राको सफल शल्यक्रियाले छिमेकी समेत दंग परेका छन् । ग्रामिण भेगमा कतिपय महिलाले सम्म सुरक्षित प्रशुति सेवा लिने तर्फ ध्यान नदिएको अवस्थामा बाख्राले समेत सुरक्षित प्रसुति सेवा लिन थालेपछि किसानको व्यवसायमा थप टेवा पुगेको छ ।