आफु पढेको विद्यालयमा पूर्वाधार निर्माण गर्छु– तिमिल्सिना

1412
views

दीपसागर पौडेल
पर्वत, ७ राम्जा । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले आफु जन्मेको जन्म ठाउँ मोदी गाउँपालिका–७ राम्जामा पढेको पशुपति उच्च माद्यमिक विद्यालयमा आवश्यक पूर्वाधार निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् । विद्यालयले गरेको सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष तिमिल्सिनाले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

तिमिल्सिनाले आफुले पढेको विद्यालयलाई सहयोग मात्र नभई संयुक्त राम्जाको विकासमा जोड दिने बताए । उनले देशको शीर नझुक्ने गरी काम गर्ने, राष्ट्रिय सभाको कुशल अध्यक्ष भएर राम्जावासीको शीर उच्च राख्ने भन्दै जन्मभुमीको विकासमा लागिपर्ने बताए ।

सम्मान कार्यक्रममा वडा अध्यक्ष वसन्त बहादुर गुरुङ, नेकपा माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य गुप्त बहादुर हमाल, उच्च माविका प्राचार्य लक्ष्मण शर्मा लगायतले राम्जामा जन्मेको व्यक्ति राष्ट्रिय सभा जस्तो गरिमामय पदमा पुग्न सफल भएको भन्दै सम्मान व्यक्त गरेका थिए । तिमिल्सिनालाई खादा र दोसल्ला आढाएर सम्मान गरिएको थियो ।