जगजीत श्रेष्ठ अष्ट्रेलियाको नयाँ फुटबल क्लवमा आबद्ध

1550
views

काठमाडौं,  ८ चैत । नेपाली राष्ट्रिय फुटबल खेलाडी जगजीत श्रेष्ठ अष्ट्रेलियाको मेलबर्न्स्थित प्रेस्टन लायन्स फुटबल क्लबमा आबद्ध भएका छन् । यसअघि अष्ट्रेलियाकै नुनावाडिङ सिटी फुटबल क्लबमा आबद्ध जगजीतले भिक्टोरिया स्टेट लिग डिभिजन १ को क्लब प्रेस्टन लायन्ससँग आगामी १ वर्षका लागि सम्झौता गरेका छन् ।

उनले गत साता सम्झौतामा हस्ताक्षर गरेको जानकारी दिएका छन् । प्रेस्टन लायन्स गत सिजनको भिक्टोरीया स्टेट लिगमा चौथो स्थानमा उभिएको थियो ।

त्यसअघि २०१६ मा दोस्रो स्थान हांसिल गरेको प्रेस्टन लायन्सले ४ पटक भिक्टोरिया स्टेट लिगको उपाधि जितिसकेको छ । प्रेस्टन आफ्नो लिगमा सर्वा्धिक सफल क्लबमध्ये एक हो ।