लैंगिक समानता सम्बन्धी प्रतिवेदन सार्वजनिक

926
views

काठमाडौँ, ८ चैत । विपद्मा लैँगिक समानता, यौजजन्य तथा लैगिक हिँसाबाट संरक्षण, प्रभावकारी कानुन र नीति सम्बन्धी नेपाल घटना अध्ययन प्रतिवेदन काठमाडौँमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघले तयार पारेको सो प्रतिवेदन महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले सार्वजनिक गरेकी हुन ।

प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री थापाले राजनीतिक हिसावले महिलाहरुलाई धेरै अधिकार भएपनि दाइजो, वोक्सी जस्ता संस्कारजन्य चिन्तनले महिलाहरु पछि परेको भन्दै आर्थिक सम्वृद्धि तथा चेतनास्तर बढाउनु आवश्यक रहेको बताइन् ।

सो कार्यक्रममा कार्यक्रम प्रमुख उमेश ढकालले हालसालै ठूला विपद्का अवस्था सामना गरेका मुलुकहरुमा गरिएको विश्वस्तर अध्ययनकोे नेपाल घटना प्रतिवेदन एक भाग रहेको बताए । ढकालले रेडक्रसको अन्तर्राष्टिय महासंघका नेपाल प्रतिनिधि जुजाकिम ले सन् २०१५ मा सम्पन्न गरेको रेडक्रसको अन्तर्राष्ट्रिय सम्मेलनले लैगिँक समानताको क्षेत्रमा काम गर्न स्पष्ट बाटो देखाएको बताए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सन्जिव थापा प्रतिवेदनले देखाएका मूल विषयहरुमा चर्चा गर्दै नयाँ बनेको ऐनमा राहतको मापदण्ड सम्बन्धी एउटा मात्र दफाले विपद्को समयमा लैगिंक समानताको विषयमा बोलेको हुँदा कानुनमा र कार्यान्वयनमा थप सुधारको आवश्यता रहेको बताए ।

कार्यक्रममा सहभागी विज्ञहरुको प्यानल छलफलमा प्रतिनीधि सभाका सदस्य पुष्पा भुषाल, सँघीय मामिला मन्त्रालयका सहसचिव शुरेश अधिकारी, राधिका अर्याल, अधिकारकर्मी मीरा ढुंगाना र विश्व स्तरको अध्ययनमण्डलका सदस्य ग्याव्रीलीइम्ब्रीको सहभागिता रहेको थियो । कार्यक्रममा महिलाबालबालिका सम्बन्धी चेतनामूलक श्रव्य दृश्य सामग्री समेत प्रस्तुत गरिएको थियो ।