नेपालमै पहिलो पटक गायक जोहेवको मेगा मिक्स (भिडियो सहित)

826
views

सचिन्द्र श्रेष्ठ । करीब २२ बर्ष सांगीतिक क्षेत्रमा विताएका जोहेबले अहिले मिक्स गीत निकालेका छन । म्यासपको जमानामा मेगा हिटको अगामन भएको छ, जसमा एक ट्रयाक भित्र एक कलाकारको सम्पुर्ण गीत समावेश गरिएको छ । सम्भवत नेपालमा पहिलो पटक गीतमा भएको यो अभ्यास गायक जोहेव मानन्धरले गरेका हुन् ।

डिजे एएन भनेर समेत चिनिने गायक जोहेव लभम्यासपको नाममा युट्युव मार्फत एक गीत सार्वजनिक गरेका छन् । सबैले हेर्न मिल्ने गरि सार्वजनिक गरिएको एक गीतमा उनका सबै गीत मिक्स गरिएको छ । जसको नाम गायकले मेगा मिक्स राखेका छन् । यस अघि पनि उनले बिभिन्न सोलो हिट गीत दिईसकेका छन ।
समझाना को चौतारीमा, केट साइन २,३, रिभाईब, इंडलेस्स जोर्नी जस्ता एल्बम निकालीसकेका मानन्धरका म यस्तो गीत गाउछु, तिमी बिना, सेलिना, तिम्रो एक नजर, किन किन, लालुपाते जस्ता हिट गीत मार्फत आफ्नो नामलार्य सांगीतिक आकाशमा छुट्टै छाप पारीसकेका छन् ।