पशुपति उमाविलाई ६ लाख आर्थिक सहयोग

1010
views

दीपसागर पौडेल
पर्वत, १३ चैत । मोदी गाउँपालिका–७ राम्जाठाँटी स्थित श्री पशुपति उच्च माद्यमिक विद्यालयलाई ६ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

सबैका निम्ति हेरचाह नेपालको समन्वयमा केयर फर अल द नेदरल्याण्ड नामक अन्तराष्ट्रिय अनुगमनमा आएको शंस्थाले आइतबार एक समारोहका बिच करिब ६ लाख बराबरको आर्थिक सहयोग गर्ने भएको हो । संस्थाको उक्त सहयोगमा विद्यालयमा पाँचकोठे भवन निर्माणका लागि अनुगमनमा आएको संस्थाले ६ लाख रकम सहयोग गर्ने जनाएको हो ।

संसथाको कार्यक्रम अन्तर्गत विद्यालयको पाँचकोठे भवन, सेतो बोर्ड, शक्षक टेबल, एक वटा कोठामा कार्पेट र कोठामा चाहिने आबश्यक शैक्षिक सामाग्रीहरु ब्यबस्थापन गरिने केयर फर अल द नेदरल्याण्ड संस्थाका सचिव थानेश्वर अधिकारीले बताए ।

बिदेशीहरुले उक्त सामाग्रीहरुको गुणस्तरमा सम्झौता नगर्ने र उक्त वैदेशिक दातृ निकायप्रति विद्यालयलाई आभारी रहेको विद्यालयका प्राचार्य लक्षमण शर्माले बताए ।

गुणस्तरीय शैक्षिक सामाग्रीहरु विद्यालयले पनि खरिद गरि थप दातृ निकायसँग समन्वय गर्न सकिने विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष रमेश शर्मा गौतमले बताए ।