एनआरएन बहस भर्जि्नियाको भियना सहरमा

588
views


न्युयोर्क ।
गैरआवासीय नेपाली संघ (एनआरएनए), अमेरिकाको आगामी नेतृत्वका आंकाक्षीबीच हालै भर्जि्नियाको भियना सहरमा बहस कार्यक्रम सम्पन्न भएको छ । भिजन फर नेपाल फाउन्डेशनको बहस, अमेरिकी राष्ट्रपति उम्मेदवारको बहसबाट अभिप्रेरित रहेको आयोजकको भनाइ छ । राष्ट्रपतीय बहसमार्फत अमेरिकी जनताले नेतृत्व चुने जस्तो, गैरआवासीय नेपालीहरुलाई एनआरएन नेतृत्व चयन गर्न सघाउ गर्ने उद्देश्यले बहस गरिएको दाबी छ । बहस सञ्चालकले आगामी नेतृत्वका संभावित उम्मेदवारको रुपमा बहालवाला एनआरएन, अमेरिकाका अध्यक्ष केशव पौडेल, वरिष्ठ उपाध्यक्ष कृष्ण पोख्रेल एवम् उपाध्यक्ष रविना थापालाई प्रश्नहरु सोधेका थिए । अन्य संभावित दुई उम्मेदवार भने, समयको ख्याल नगर्दा, बहसको अवसरबाट बन्चित बने । सहभागी संभावित उम्मेदवारहरुले आ-आफ्ना एजेण्डाहरु पस्केका थिए ।
युनाईटेड नेप्लिज फेलोसिप संस्थाको सहयोगमा सञ्चालित बहस, आयोजक संख्याका अध्यक्ष कृष्ण शर्मा र किरण मरहठ्ठाले सञ्चालन गरेका थिए । फाउन्डेशनका अरुण भट्टराईले बहसको रुपरेखाबारे प्रस्ट्याए । प्रश्नहरु दर्शकदीर्घाबाट पनि लिइएको थियो । निर्धा्रित ९० मिनेटमा नेतृत्वका आंकाक्षीहरुले आ–आफनो तर्क-वितर्क प्रस्तुत गरे भने ३० मिनेट थप गरिएको थियो ।
बहसपुर्व, कार्यक्रमलाई केही रोचक बनाउन वरिष्ठ गायिका मिरा राणाले नेपालको राष्ट्रिय गीत प्रस्तुत गरिन् । फाउन्डेशनले यसअघिको एनआरएनए निर्वाचनको पूर्वसन्ध्यामा, सन् २०१५ पनि उम्मेदवारबीच बहसको आयोजना गरेको थियो । यसपटकको बहसका लागि अमेरिकी राष्ट्रपतीय बहसको आयोजक संस्था ‘कमिसन अन प्रेसिडेन्टल डिबेटस्’सँग सरसल्लाह मागिएको बताउँदै फाउन्डेशनका अध्यक्ष शर्माले आगामीको अन्त्यतिर अन्तिम चरणको एनआरएनए बहस गर्ने बताए ।