आर्थिक विकासका लागि भ्रष्टाचार निर्मूल पार्नुपर्छः– तिमिल्सिना

484
views

काठमाण्डौ, १७, चैत । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले संचारमाध्यमले नकारात्मकभन्दा सकारात्मक पक्षलाई उजागर गर्नुपर्ने बेला आएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालको २० औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले समाज र नागरिक पनि नराम्रा समाचारको पछि दौडने प्रवृत्ति गएकाले संचारमाध्यम यसतर्फ सचेत हुनुपर्ने बताए ।

संविधान कार्यान्वयनका चरणमा प्रवेश गरिसकेको अवस्थामा अव नकारात्मक विषयलाई समाचार बनाउनुपर्ने अवस्थाको पनि अन्त्य हुने उनले विश्वास गरे ।

तीनवटै तहले देश विकासका लागि गर्नुपर्ने सबै काम गर्ने भन्दै उनले देश विकास गर्नुको विकल्प नभएको बताए ।राष्ट्रलाई आर्थिक विकासको बाटोमा लैजानका लागि भ्रष्टाचार निर्मूल हुनुपर्ने उनको भनाई छ । भ्रष्टाचारजन्य सोचलाई त्यागेर देश बनाउने अभियानमा लाग्नका लागि उनले सबैलाई आग्रह गरे ।