प्रधानसेनापति कङ्गो प्रस्थान

1311
views

काठमाडौँ । प्रधान सेनापति महारथी राजेन्द्र क्षेत्री कङ्गो प्रस्थान गर्नुभएको छ । संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित मोनुस्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित अनमिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमणका लागि प्रधानसेनापति कङ्गोतर्फ प्रस्थान गर्नु भएको हो ।

निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति क्षत्रीले नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु हुने कार्यक्रम रहेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भ्रमणकै दौरानमा उहाँले कङ्गोस्थित मोनुस्को मिशनका एक्टिङ फोर्स कमाण्डर मेजर जेन वेरनार्ड कमिन्स, इतुरी बिग्रेडका ब्रिगेड कमाण्डर व्रिग जेन ईथेसामस सामद चधुरी, केन्द्रिय सेक्टरका कमाण्डर व्रिग जेन विवेक त्यागी, एक्टिङ हेड अफ अफिस मिष्टर सलामी आदम तथा अन्य उच्च पदाधिकारीहरु, नेपाली सिभिलियन कर्मचारी, दक्षिण सुडानस्थित अनमिस मिशनमा दक्षिण सुडानका सेना प्रमुख जेन जेम्स अजोन्गा, माउत अनग्युस अजोन्गा, संयुक्त राष्ट्रसंघको महासचिवका विशेष प्रतिनिधी (एस.आर.एस.जी) मिष्टर डेभिड शेयरर फोर्स कमाण्डर लेफ्टिनेन्ट जेन फ्रेन्क म्युोसका मन्जी, वेष्ट्रन लेक स्टेट रुमबेकका गर्भनर मेजर जेन माटुर छुट धुओल संग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।