१४ जिल्लाका ४२ हजारलाई निःशुल्क बिमा सेवा

632
views

काठमाडौं । पैसा नभएकै कारण अब कोही व्यक्ति स्वास्थ्य उपचारबाट बञ्चित हुन नपर्ने भएको छ । स्वास्थ्य बिमा बोर्डले अतिगरिबलाई निःशुल्क स्वास्थ्य बिमा सेवा प्रदान गर्न थालेपछि पैसा नहुनेले पनि स्वास्थ्य उपचार पाउने भएका हुन् ।

२०७२ सालको अन्त्यदेखि सुरु गरिएको स्वास्थ्य बिमा कार्यक्रममा चालू आवदेखि गरिवलाई पनि सहभागी गराएको हो । बोर्डका अनुसार चैत १६ गते सम्मा ४१ ह्जार ७ सय ७३ जनाले निःशुल्क स्वास्थय बिमा सेवा पाएका छन् । खोटाङ, भोजपुर, रौतहट, रामेछाप, तनहुँ, भोजपुर, गोरखा, बाग्लुङ, बर्दिया, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, कैलाली र अछाममा पहिचान भएका गरिबलाई यस्तो सेवा वितरण गरेको बोर्डका वरिष्ठ जनस्वास्थ्य प्रशासक डा. भुवन पौडेलले जानकारी दिए । नयाँपत्रिका दैनिकबाट