भारतीय रेल काठमाडौं ल्याउने

597
views

काठमाडौं, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको चैत २३ देखि २५ गते हुने भारत भ्रमण आवको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले प्रधानमन्त्री ओलीको भ्रमण स्विकृत गरेको हो ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद वाँस्कोटाले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीसँगै ३ जना मन्त्रीहरु भारत भ्रमणमा जाने टुंगो लगाएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणमा भारतीय रेल काठमाडौं ल्याउनेबारे दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरमा कुरा हुनेछ । रेल ल्याउने संभाव्यताबारे अध्ययन गर्ने र छिटोभन्दा छिटो ल्याउने गृहकार्य नेपाल सरकारको तहबाट सुरु भएको छ ।