जनवादी क्रान्तिका लागि बन्दुक उठाउनुपर्छ

1195
views

पोखरा, २५ चैत । नेकपा (क्रान्तिकारी माओवादी) का नेता कार्यकर्ताले जनवादी क्रान्ति सम्पन्न गर्न बन्दुक उठाउनुपर्ने बताउन थालेका छन्  । सो पार्टीका नेता कार्यकर्ताले विर्सजनवादी आन्दोलनमा पुगेको जनवादी क्रान्ति सम्पन्न गर्न विर्सजनवादी बाटोको विरोध गर्दै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नेतफ उन्मुख हुने बताएका हुन् ।

२९ औं जनआन्दोलन दिवसको अवसमरमा पोखरामा आयोजित कार्यक्रममा सो पार्टीका नेताहरुले यस्तो बताएका हुन् । क्रान्तिकारी माओवादीले जनवादी क्रान्ति पुरा गरौं भन्ने प्लेकार्ड तथा नाराहरु लगाउँदै पोखराको अमरसिंह चोकबाट ¥याली शुरु गरी गगन भेदी, बुद्ध चोक–लखन चोक, सभा गृह चोक, सृजना चोक परिक्रमा गरि कान्तिपुर पाटी प्यालेस वृहत आमसभा समेत गरेका छन् ।

वैद्य नेतृतवको नेकपा (क्रान्तिकारी माओवादी) कास्की जिल्ला पार्टीले आयोजना गरेको सो कार्यक्रममा स्थायी समिति सदस्य परी थापा, पोलिटव्युरो सदस्यहरु सिताराम तामाङ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केश बहादुर परियारले जनवादी क्रान्ति पुरा गर्न बन्दुक उठाउनुपर्ने बताएका हुन् । उनीहरुले वाम गठवन्धनलाई भारतीय विस्तारवादको दलाल तत्वमा पतन भएको आरोप लगाएका छन् ।

कार्यक्रममा केन्द्रिय सदस्यहरु अशोक लम्साल,निल बहादुर पुन, नारायण अधिकारी,.कृष्ण गुरुङ, देशभक्त जनगणतान्त्रिकका केन्द्रिय सदस्य भिम श्रीस, महिला केन्द्रिय सदस्यहरु तेज कुमारी थापा, कल्पना थापा लगायतले वाम गठवन्धनलार्य स्तिारवादको नेपाली चावीको संज्ञा दिएका छन् ।