चेल्सीको सम्भावना सकियो, वेस्टह्याम युनाइटेड बराबरीमा रोकियो

607
views

काठमाडौं, २६ चैत । इंग्लिस प्रिमियर लिग फुटबल प्रतियोगितामा साविक विजेता चेल्सीले वेस्टह्याम युनाइटेडसँग एक–एक गोलको बराबरी खेलेको छ ।

योसँगै चालू सिजनमा शीर्ष चारमा पर्ने चेल्सीको सम्भावना सकिएको छ । गएराति भएको खेलमा बराबरीमा रोकिएसँगै ३२ खेल सकिँदा चेल्सी चौथो स्थानको टोटनह्याम युनाइटेडभन्दा १० अंकले पछि छ ।

यो खेलबाट ३ अंक जोड्न सकेको भए चेल्सी प्रतियोगिताको शीर्ष चारमा रहने झिनो सम्भावना कायमै रहने थियो ।

तर, खेलमा शुरुआती अग्रता लिएपछि त्यसलाई बचाउन नसक्दा चेल्सी बराबरीमा रोकिन बाध्य भयो । खेलको ३६ औं मिनेटमा चेल्सीले अग्रता लिएको भए पनि ७३ औं मिनेटमा वेस्टह्यामले बराबरीको अवस्थामा ल्याएको हो ।

यसैगरी गएराति नै भएको अर्को खेलमा आर्सनलले साउथ ह्याम्पटनलाई ३–२ गोलले पराजित गरेको छ ।