तरुण दलको कम्जोरी सच्याउन सिटौलाको निर्देशन

1087
views

झापा २६ चैत । काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल तरुण दल समाजको सहयोगी बन्न सक्नुपर्ने बताएका छन् । सिटौलाले तरुण दलमा भएका कमजोरीलाई सच्याउन निर्देशन समेत दिए ।

नेपाल तरुण दल प्रदेश नं १ स्तरीय तरुण प्रशिक्षण कार्यक्रमको आज बिर्तामोडमा उद्घाटन गर्दै नेता सिटौलाले त्यस्तो निर्देशन दिएका हुन् । उनले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले काँग्रेसलाई कसरी ब्यूँझाउने भन्ने अवसर तरुण दललाई प्राप्त भएको उल्लेख गरे । काँग्रेस आफूभित्र मात्र बलियो होइन, अन्तरपार्टीमा पनि सक्षम हुनुपर्छ, रिजालले भने ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्माले पार्टीको भ्रातृ संगठनको मजबुत आधार तरुण दल भएको बताए । काँग्रेसले राष्ट्रिय मुद्दालाई जनताबीच पु¥याउन नसक्नु नै काँग्रेसभित्रको कमजोरी भएको उनको भनाइ थियो ।

तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तरुण दल झापा अध्यक्ष गोपाल तामाङले धारणा राखेका थिए ।