प्रधानसेनापति स्वदेश फिर्ता

814
views

काठमाण्डौ, २७ चैत । संयुक्त राष्ट्रसंघको आव्हानमा कङ्गो स्थित मोनुष्को मिशन र दक्षिण सुडान स्थित अनमिश मिशनको निरिक्षण भ्रमणमा जानुभएका प्रधान सेनापति राजेन्द्र क्षेत्री स्वदेश फिर्ता हुनुभएको छ ।

शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिक तैनाथ रहेको प्रजातान्त्रिक गणतन्त्र कङ्गो स्थित मोनुष्को मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्ट र दक्षिण सुडानस्थित अनमिस मिशनमा तैनाथ नेपाली कन्टिन्जेण्टको निरिक्षण भ्रमणको लागि उहाँ यहि चैत १९ गते जानुभएके थियो ।

प्रधान सेनापति क्षेत्रीले निरीक्षण भ्रमणको क्रममा नेपाली कन्टिन्जेण्टको स्थलगत बस्तुस्थिति, अपरेशन, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गर्नु भएको थियो ।

स्वदेश फिर्ता हुनुभएका प्रधान सेनापति क्षत्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी पूर्णचन्द्र थापाले स्वागत गर्नुभएको थियो भने नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । उक्त अवसरमा नेपाली सेनाका रथीवृन्द, काठमाण्डौस्थित विभिन्न कूटनीतिक नियोगका सैनिक सहचारीहरु तथा नेपाली सेनाका अधिकृतहरुको सहभागिता रहेको थियो ।

शान्ति स्थापनार्थ तैनाथ स्थानहरुमा सैनिक नेतृत्व वर्गको यस किसिमको भ्रमण र संयुक्त राष्ट्रसंघका पदाधिकारीहरुसंगको भेटघाटले नेपाली सेनाको अन्तर्राष्ट्रिय छवि प्रबद्र्धन हुनुको साथै नेपाली शान्ति सैनिकहरुको हौसला अभिबृद्धि गर्न थप मद्दत पुग्ने तथा संयुक्त राष्ट्रसंघ, नेपाल र सम्बन्धित राष्ट्रबीच रहंदै आएको सौहार्दपूर्ण सम्बन्धलाई अझ सुमधुर एवं विस्तार गर्न टेवा पुग्न जाने विश्वास नेपाली सेनाले लिएको छ ।