संविधानको घोडा चढ्दै प्रचण्ड

मन्त्रिपरिषदबाटै प्रदेशको सीमाना हेरफेर !

713
views

काठमाडौ, १३, बैशाख  । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले संविधानमा भएको अधिकार भन्दा माथी गएर निर्णय गरेको छ । अहिलेको संसदले समेत संविधानत प्रदेशको सिमाना हेरफेर गर्न सक्दैन भन्ने बहस चलिरहेका बेला सरकारले नै प्रदेश नम्बर ५ र ६ को सीमाना हेरफेर गरेको छ ।
बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो ।