“पप किङ’’ बिष्टको उपचारका लागि कलाकारको धमाका

1970
views

सचिन्द्र श्रेष्ठ । ‘पप किङ’ को उपचारका लागि चर्चित कलाकाहरुले काठमाडौँको टुँडिखेलमा भब्य कार्यक्रम गरेका छन् । नेपाली ‘पप किङ’ ओम बिक्रम बिष्टको स्वास्थ्य उपचारका लागि गरिएको उक्त कार्यक्रममा नेपालका चर्चित कलाकारहरुले मनोरञ्जनका साथ भाग लिएका थिए ।

दुबै मृगौला फेल भएर अमेरिकामा उपचार गराइरहेका ओम बिक्रम बिष्टको उपचारका लागि फन्ड कलेक्शन कार्यक्रमको आयोजना रिभल ईभेण्ट प्रा.लि.ले गरेका हो । जस्का सस्थापक गायक राजेश हमाल र कुबेर कार्की रहेका छन् । १२ बजे देखी शुरु भएको कार्यक्रम राती ८ बजेसम्म गरिएको थियो । थुप्रै दर्शक श्रोताको उपस्थिती रहेको कार्यक्रम मा निशुल्क टिकटको व्यवस्था गरिएको थियो ।

कार्यक्रममा थुप्रै नयाँ पुराना गायक गायिकाहरुले भाग लिएका थिए । चर्चित कलाकारहरु.सन्जय श्रेष्ठ, भिम तुलाधर, जोहेब मानन्धर, जेम्स प्रधान, ज्योती घिमिरे, कमल मान सिङ्, उदेस श्रेठ, देव राना, प्रमोद निर्मान, अशुशेन लामा, एथोस बन्ड, सन्जना श्रेष्ठ, सचिन रोउनियार, रबि रिमाल, महादेव त्रिपाठी, प्रभात रिमाल,लगायत अन्य थुप्रै कलाकार हरु को सहभागी थियो ।