काँग्रेस अघोषित रूपमा विभाजित भएको शशांकको दाबी

783
views

वीरगञ्ज, ३० चैत । नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोेइरालाले पार्टीभित्र गुट, उपगुट हाबी भएको आरोप लगाए । गुट–उपगुटकै परिणाम कँग्रेस अघोषित रूपमा विभाजित भएको पनि महामन्त्री कोईरालाले संकेत गरे । वीरगञ्जस्थित नगरसभागृहमा नेपाल तरुण दल प्रदेशस्तरीय भेलाको कार्यक्रममा कोईरालाले यस्ते बताए । हालै सम्पन्न निर्वाचन परिणाम नेकाको प्रतिकूल भएको पनि उनले जिकिर गरे ।

उनले नेकाका सबै तहले आत्मालोचना गरेर पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्नुपर्ने र यसको अगुवाई तरुण दलले गर्नुपर्ने सुझाव दिए । नेपालका हरेक परिवर्तनमा नेकाको महत्वपूर्ण भूमिका रहेको र ऐतिहासिक पार्टी भएकोले मधेसको मुद्दा नेकाबाहेक अरू पार्टीले समाधान गर्न नसक्ने उनको भनाई थियो ।

कार्यक्रममा सहभागी नेका नेताहरूले नेतृत्वको कारण युवाहरू पार्टी परित्याग गरी अन्यत्र गइरहेको उल्लेख गर्दै पार्टीलाई एक ढिक्का पार्न नसक्नु नेतृत्वको कमजोरी र यसमा सुधार आवश्यक भएको सुझाव दिए । मधेसी पार्टीको पछाडि लागेर नेका पराजित भएको तर्क समेत कतिपयले सो अवसरमा गरेका थिए ।