डिपीएलको उपाधिका लागि काठमाडौं र धनगढीबीच भिडन्त

702
views

कैलाली ३० चैत । धनगढी प्रिमियर लिग (डिपीएल) को उपाधिका लागि आज घरेलु टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्सबीच प्रतिश्पर्धा हुँदैछ ।

काठमाडौं पहिलो क्वालिफायर्समा धनगढीसँगै पराजित भएर अर्को छनोट चरण खेल्नुपरेको थियो । आज काठमाडौंलाई त्यसको बदला लिने मौका हुनेछ ।

आज टिम चौराहा धनगढी विजयी भएमा लगातार दोस्रो पटक उपाधिमा कब्जा जमाउनेछ । यता, पहिलो पटक डिपीएलको फाइनलमा पुगेको काठमाडौंका लागि यो नयाँ अनुभव हुनेछ । उपाधि विजेताले २५ लाख रुपैयाँ पाउनेछ ।