धनगढी प्रिमियर लिगको उपाधि टीम चौराहालाई

902
views

कैलाली, ३० चैत । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको उपाधि टीम चौराहाले जितेको छ । धनगढीमा भएको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन टीम चौराहाले काठमाडौँ गोल्डेन्सलाई २१ रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो ।

डिपिएल क्रिकेट प्रतियोतिाको उपाधि भिडन्तमा टीम चौरहाले १८२ रनको चुनौती दिएको थियो । काठमाडौँ गोल्डेन्सले ८ विकेट गुमाउँदै १६० रनमा समेटिएपछि चौराहाले दोस्रो पटक उपाधि जित्न सफल भएको हो ।

चौराहा टिमका सुनिल धमलालले ६३ बलमा ७८ रनको योगदान दिए । उनले आफ्नो इनिङमा ८ चौका र ३ छक्का पनि प्रहार गर्न सफल भए । त्यसैगरी रोहन मुस्तफाले ४२ बलमा ६० रन, नटआउट रहेका रोहन मुस्थपाले ४२ बलमा ६० रनको सानदार योगदान दिए । उनले ४ चौका र ८ चौका पनि प्रहार गरे ।

जवाफी ब्याटिङमा ओर्लेको काठमाडौँले सुरुमै विकेट गुमायो । उसले १२ रन बनाएको अवस्थामा सुवोध भाटी ४ बलमा ५ रन बनाएको अवस्थामा पेभेलियन फर्किए ।

काठमाडौँका लागि अमित श्रेष्ठले ३९ बलमा ५८ रनको सर्वा्धिक पारी खेले । उनले ७ चौका र ३ छक्का हाने । त्यसैगरी कप्तान ज्ञानेन्द्र मल्लले २७ बलमा ३० रनको योगदान दिए । सन्नी पटेलले २२ रन बनाउँदै नरेश बुढाऐरले १९ रनको योगदान दिए ।

चौराहाका लागि ललित भण्डारीले ४ र रोहन मुस्ताफाले २ विकेट लिए । त्यसैगरी संसद शेख र योगेन्द्रसिंह कार्कीको नाममा १र१ विकेट रह्यो ।