प्रदेश नम्बर ५ मा १ अर्ब २ करोडको बजेट प्रस्ताव

1361
views

बुटवल । प्रदेश नं. ५ का मूख्यमन्त्री शंकर पोखरेलले आर्थिक वर्ष २०७४/०७५ का लागि १ अर्ब २ करोड बराबरको बजेट प्रस्तुत गरेका छन् ।

पोखरेलले आर्थिक तथा योजना मन्त्रीको हैसियतले प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । प्रस्तुत बजेटमध्ये चालु खर्चतर्फ ३६ करोड ६३ लाख ८२ हजार अर्थात कुल विनियोजनको ३५ दशमलव ९० प्रतिशत र पूँजीगततर्फ ३४ करोड ६ लाख ७५ हजार अर्थात कुल विनियोजनको ३३ दशमलव ३९ प्रतिशत विनियोजन गरिएको छ ।

बाँकी ३१ करोड ३४ लाख ४३ हजार अर्थात कुल विनियोजनको ३० दशमलव ३९ प्रतिशत रकम अर्थबजेटमा राखिएको छ ।

बजेटमा पहाड र तराईका जिल्लाका अति पिछडिएका गाँउपालिकाहरुलाई लक्षित गरी मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रममा २ करोड विनियोजन गरिएको छ ।