संघीय संसदमा १६ समिति रहने

604
views

काठमाडौं । संघीय संसदमा १६ वटा संसदीय समिति रहने लगभग टुंगो लागेको छ । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ४ तथा दुवै सभाका संयुक्त दुईवटा समिति रहनेछन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले गठन गरेका छुट्टाछुट्टै नियमावली मस्यौदा समितिले नियमावलीलाई अन्तिम रुप दिइरहँदा समितिहरुको संख्या टुंगो लागेको हो ।

वैशाख अन्तिम साता बस्ने सम्भावना रहेको संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमै दुवै सभाका नियमावली मस्यौदा पेस गर्न समितिले काम अघि बढाएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले समितिहरुले काम अन्तिम चरणमा पुर्‍याइसकेको बताए । –कान्तिपुर दैनिकबाट