बाम एकतामा ब्रेक

1123
views

काठमाडौँ, ४, बैशाख । लेनिन जयन्तीको दिन बैशाख ९ गते हुने भनिएको नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता नहुने भएको छ । आज मंगलबार बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकीकरणका लागि तयारी नपुगेको ठहर गर्दै उक्त दिनको एकता सरेको छ ।

बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नौ गते गर्ने भनिएको एकतालागि तयारी नपुगेको जानकारी दिए । उनले भने ‘उक्त दिन एकता घोषणा हुनेछैन ।’

एमाले महासचिव इश्वर पोखरेलले भने, ‘दुई पार्टीको एकता हुनेमा दुई मत छैन । अहिलेलाई तयारी नपुगेकाले ९ गते घोषणा हुँदैन ।’

पार्टी एकताको अन्तिम टुङ्गो गर्ने जिम्मा दुवै पार्टीका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाललाई दिने निर्णय आजको बैठकले गरेको छ । पार्टी एकता संयोजन समितिको आजको बैठकमा यसअघि गठित राजनीतिक कार्यदल र संगठनात्मक कार्यदलको प्रतिवेदनमाथि गहन छलफल भएको नेताहरुले जानकारी दिए ।