चीनका उपराष्ट्रपति र पराराष्ट्रमन्त्रीसँग मन्त्री ज्ञवालीको भेटवार्ता

663
views

काठमाडौं, ५, बैशाख । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बुधबार चीनका उपराष्ट्रपति वाङ क्वीसानसँग बेईजिङमा भेटवार्ता गरेका छन् । सरकारी निवास चोङनानहाइमा उपराष्ट्रपति वाङ र ज्ञवालीबीच भेटवार्ता भएको हो । भेटमा ज्ञवालीले निर्वाचनपछि स्थिर सरकार बनेको र चीनसँग नेपालले बेल्ट एण्ड रोड इनिसियटिभ अन्र्तगत पूर्वाधार विकास आयोजनामा काम गर्न चाहेको बताएका थिए ।

उपराष्ट्रपति वाङले नेपाल चीनको असल छिमेकी रहेको दोहोर्याउँदै नेपालको आर्थिक विकासमा थप सहयोग गर्न बेइजिङ तयार रहेको बताएको स्रोतहरूले जनाएका छन् ।

ज्ञवाली–वाङबीच भेट

चोङनानहाई भेटवार्ता लगत्तै दियोथाई स्टेट गेष्ट हाउस फर्केका मन्त्री ज्ञवाली र चिनियाँ समकक्षी वाङ यीबीच भेटवार्ता भएको छ। बेइजिङमा दुई पक्षीय भेटवार्तापछि मन्त्री ज्ञवाली र चीनका विदेशमन्त्री वाङ यीले संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका छन्। े चेतावानी दिइएको छ ।